• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

आजबाट काठमाडौंमा 'पाँचौं राष्ट्रिय नाटक महोत्सव–२०७६' सुरु हुँदै

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले  असार २ गते बाट काठमाडौंमा पाँचाौं राष्ट्रिय नाटक महोत्सव–२०७६ आयोजना गर्ने भएको छ । प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य एवं नाट्यकर्मी निशा शर्माले आइतबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै महोत्सवबारे जानकारी दिएकी थिइन ।

 

नाटक महोत्सव सात दिनसम्म काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजना हुने जनाइएको छ । असार दुई गते बाट असार आठ गते सम्म हरेक दिन बेलुका ५ः३० बजेबाट  दैनिक एउटा नाटक  महोत्सवमा मञ्चन गरिने परिषद् सदस्य शर्माले बताइन ।

 

आज  उद्घाटन नाटकका रूपमा हिरा बिजुलीको निर्देशनमा कर्णाली थिएटर मुगुको नाटक ‘पम्फा फूल’ मञ्चन गरिँदैछ । यो नाटक स्थानीय लोक कथामा आधारित भएकाले यसलाई खस भाषामै मञ्चन गरिने भएको छ ।

 

भोली प्रज्ज्वल पराजुलीको निर्देशनमा कलालय इटहरीद्वारा नाटक ‘ईश्वरलाई चिठी’ मञ्चन हुनेछ । त्यस्तै  असार ४ गते मगर अध्ययन केन्द्र ललितपुरको प्रस्तुति तथा भीम मास्की रानाको निर्देशनमा गीति नाटक ‘जीवैमामा’ मञ्चन गरिनेछ ।

 

असार ५ गते नाटक ‘घरभित्रको अर्को’ क्षितिज नाट्य समूह फिदिम पाँचथरबाट निर्देशक जीवन बरालले प्रस्तुत गर्दैछन् भने असार ६ मा तरंग सांस्कृतिक परिषद् हेटौंडाको प्रस्तुति र उज्ज्वल शर्मा भण्डारीको निर्देशनमा नाटक ‘अमरसिंहको खोजी’ मञ्चन गरिनेछ । 

 

असार गते  ७ रंगकला गोरखाको प्रस्तुति तथा रामबाबु रेग्मीको निर्देशनमा नाटक ‘विकाश भर्सेज निकास’ मञ्चन गरिनेछ । महोत्सवको अन्तिम दिन  असार ८ गते एम आर्ट थिएटर नेपालगन्जको प्रस्तुति र वीरेन्द्र हमालको निर्देशनमा नाटक 'कजरी' मञ्चन गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार