• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

मलाई मनपर्ने पाँच चलचित्र

टिका प्रसाई,गायिका 

दक्षिणा
मैले बच्चामा पहिलो हेरेको चलचित्र ‘दक्षिणा’ हो । म अहिले पनि चलचित्र भवनमा दक्षिाण लाग्यो भने फेरी हेर्छु । मलाई यो चलचित्र त्यति धेरै मन परेको थियो । बच्चा बेलामा नै हेरेको चलचित्र औधि मन परेको थियो । चलचित्रको कथाबस्तु एकदमै मन छुने खालको थियो । तुलसी घिमीरेको निर्देशनमा बनेको यो चलचित्रलाई मन नपराउने सायद कम नै थिए होलान । झन त्यसमाथी उहाँले नै गर्नुभएको अभिनय अहिले पनि बर्सिन सकिन । भुवन केसी र निरुता सिंहको भुमिकालाई पनि बिर्सन सकिन्न । दक्षिणा एउटा यस्तो जसको कथा मान्छेको आँखाबाट आसु झार्छ झार्छ । चलचित्रको गीतसंगीत पनि एकदमै मनछुने खालका छन् । 

 

कन्यादान
चलचित्रमा गौरी मल्लको अभिनयले मन छोएको थियो । मलाई नायिका गौरी मल्लको अभिनय एकदमै मन पर्यो । उहाँको बोल्ने शैली र चलचित्रमा उहाँले गरेको शसक्त महिलाको भुमिका । मुख्य गरेर चलचित्रले नारीलाई शसक्त भूमिकामा प्रस्तुत गर्न खोजेको छ जस्तो मलाई लाग्छ । महिला माथी हुने विभेद र अत्याचारको बिषयमा बोलेको चलचित्र कन्यादानले धेरैको मन जितेको थियो र अहिले पनि गौरी दिदिले गरेको अभिनयलाई धेरैले सम्झिरहन्छन् ।  

 

 

पशुपतिप्रसाद
पशुपतिप्रसाद मा मलाई कलाकार खगेन्द्र लामिछानेको अभिनय एकदमै मन परेको हो । बिपिन कार्कीले गरेको भष्मे डनको भुमिकाले त मलाई मोहित नै बनाएको थियो । कथा खासै नयाँ नभएपनि कलाकारहरुको अभिनयले चलचित्रलाई बुलन्द बनाए छ । हेरुन्जेल चलचित्र रमाइलो र हास्यप्रधान नै छ । हनुमान जीको भुमिकामा रबिन्द्र सिंह बानियाँलाई एकदमै सुहाएको छ । चलचित्र अलि सस्पेन्स हो कि जस्तो पनि लाग्छ तर पछि त्यसको कथा बिस्तारै बाहिर आउँदा खासै सस्पेन्स जस्तो लाग्दैन । 

 

छक्कापञ्जा 
यसमा मैले पनि अभिनय गरेको छु तर मैले अभिनय गरेपनि यस चलचित्रको कथा राम्रो छ । बैदेशिक रोजगारीको कथालाई एउटा सरल ढंगबाट प्रस्तुत गरिएको छ । चलचित्रको संवाद नै यसको गहना हो र यसको वास्तविक घटना र हास्यप्रधान संवादहरुले चलचित्र हेरुन्जेल रमाइलो बनेको छ । हास्य कलाकारहरुले नै चलचित्र जमाएका छन् । कथामा खासै त्यस्तो नयाँपन नभएपनि कलाकाहरुको अभिनयले चलचित्र जमाइदिएको छ । बिशेष गरेर दिपकराज गिरी, जीतु नेपाल, केदार घिमीरे (माग्ने बुढा) लगाएतका कलाकारहरुको अभिनयले नै चलचित्रले वाहवाही पाएको भन्दा फरक पर्दैन ।  

 

झोला
झोला चलचित्रले साच्चै नै एकदमै स्तब्ध बनायो । गरिमा पन्तले गरेको अभिनयको जति तारिफ गरेपनि कम हुन्छ । चलचित्र झोलाको बारेमा धेरै सुनेको थिए तर मैले चलचित्र हेरेपछि सुनेको भन्दा निकै धेरै पाए । चलचित्रको सशक्त प्रस्तुतीले जो कोहीलाई पनि भावुक बनाउँछ । झोलाले सतीप्रथा के थियो भन्ने उजागर गरेको थियो । सती जाने त्यो कुपर्थालाई चलचित्र झोलाले अन्तय गर्न खोजेको छ । त्यसमा  समाजको अत्यन्तै ठुलो कुरीति प्रति समाजले विजय प्राप्त गरेको जस्तो लाग्छ । चलचित्र एकपटक जोकोहिले पनि नछुट्याइकन हेर्ने पर्छ जस्तो मलाई लाग्छ । 

    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार