• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

चलचित्र ‘पासवर्ड’ मा सन्नी लियोनीको ठुम्का (भिडियो सहित) 

काठमाडौं । बलिउड कलाकार सन्नी लियोनीको आइटम डान्स रहेको नेपाली चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ ।

 

बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलले संगीत रहेको गीतको शब्द  विक्रम जोशीले लेखेका छन् । सम्राट बस्नेतले निर्देशित चलचित्रलाई अमृत बस्नेत र हिराल जोशीको लगानी गरेका छन् । अमर जीत सिंहले छायांकन गरेको चलचित्रमा अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

 

एक्सन, कमेडी र थ्रिलर जनराको चलचित्रमा अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना, सन्नी लियोनी लगायत कलाकारको अभिनय रहेको छ ।  

 

चलचित्रको कथा सिमा गुरुङले तयार पारेकी हुन् । चलचित्र भदौ २७ देखि प्रर्दशनमा आउँदैछ ।  

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार