• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय

बाजुरा ।  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेको जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएको छ।

 

विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताए। ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम् शिक्षिकाहरुले नै यो कुरालाई नमानेको पाइएको छ।

 

स्थापनाकालदेखि नै यो प्रथा चलिआएकाले विद्यार्थीहरु यसबाट प्रत्यक्ष मारमा परेको प्रधानाध्यापक प्रकाश ऐडीले जानकारी दिए । कहिलेकाहीँ आफू तालीम, गोष्ठीलगायतका काममा गएको समयमा दुवै जना शिक्षिका कहिलेकाहीँ एकै पटक महिनावारी हुँदा विद्यालयको पढाइ नै ठप्प रहने गरेको प्रधानाध्यापक ऐडीको भनाइ छ । 

 

आफूले यो प्रथा गलत रहेको भन्दै महिनावारी भएको समयमा शिक्षिकाहरुलाई विद्यालयले बिदा नदिने निर्णय गरेको भए पनि शिक्षिकाहरुले नै नमान्‍ने गरेको विद्यालयको भनाइ छ।एक पुरुष र दुई महिला शिक्षक रहेको यो विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा ३ सम्म पढाइ भइरहेको छ।

 

हाल १८ जनाको सङ्ख्यामा विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न्। शिक्षिका किन स्कुल आउनु भएन भनेर विद्यार्थीलाई सोध्दा छाउ ९महिनावारी० भएर नआएको कक्षा ३ मा अध्ययनरत् छात्र अर्जुन ऐडीले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार