• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
शिक्षा

स्कुल बसको झ्यालबाट टाउको निकाल्दा  छात्रको मृत्यु

सिन्धुली । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

प्रहरीका अनुसार रमिस श्रेष्ठले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो । घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार