• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पश्चिमी वायु नेपाल छिर्‍यो,सचेत रहन विभागको आग्रह

काठमाडौं । सुदूरपश्चिमका अधिकांश स्थानमा अहिले  पानी परिरहेको छ। पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जन सहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

बिहान सबेरै भारतको उत्तराखण्डमा रहेको सो वायु अहिले नेपालतर्फ छिरेको मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । उक्त वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहँदै जाने हुनाले संरचना कमजोर हुन सक्ने र यस्तोअवस्थामा असर गर्न सक्ने भएकोले सतर्क रहनुपर्ने क्षेष्ठ को भनाई थियो । सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङ सहित पानी पर्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। 

 

महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ ।  पूर्वी तथा मध्य  भूभागका थोेरै स्थान  र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । 

 

बंगालको खाडीको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएको हो। काठमाडौं उपत्यकामा पनि साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।

 

भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही  स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

 

त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार