• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

चन्द नेतृत्व समूहका तीन कार्यकर्ता जेल चलान

मकवानपुर । नेत्रविक्रम चन्द नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ ।

 

चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो । घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो ।

 

जिल्ला न्यायाधीश धु्रवकुमार पियाको एकल इजलाशले रु २५ हजार धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश गरेको भए पनि घलानले सो धरौटी रकम नतिरेपछि कारागार पठाइएको हो । त्यसैगरी अदालतले चन्द समूहका मकवानपुरका आर्थिक विभाग प्रमुख सूर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि हिजो जेठ २६ गते कारागार पठाएको छ ।

 

जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरुलाई रु पाँचरपाँच हजार धरौटी लिइ तारेखमा छोड्न आदेश गरे पनि उनीहरुले सो धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार