• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

सेफ्टी ट्यांकी भासिदा पुरिएर चार बालबालिकाको मृत्यु 

काठमाडौं । दार्चुलाको एक विद्यालयको शौचालयको सेफ्टी ट्यांकी भासिदा त्यसमा पुरिएर चारजना बालबालिकाको मृत्यु भएको छ ।

 

दार्चुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टी ट्याङ्की भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुधीर धामी रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपराह्न करिब चार बजे सेफ्टी ट्याङ्कीमाथि खेलिरहँदा ट्याङ्की भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको हो ।

 

अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए ।

 

विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको बताए। ‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार