• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

चलचित्र  ‘मारुनी’ को ‘जाम न माया जाम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र  ‘मारुनी’ को ‘जाम न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो ।

 

दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको नृत्य प्रस्तुत गरिएको छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् भने शब्द रिक्की शाक्यले लेखेका छन् ।

 

नवल नेपालको निर्देशन रहेको चलचित्रमा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ ।

 

मारुनी लाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् भने राजा प्रधान, दर्शना केसी, मीना क्षेत्री चलत्रिचको सह–निर्माता हुन्  । चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार