• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

माइतीघरमा भएको प्रहरी बल प्रयोगको छानविन हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतिघर मण्डलामा गुठीयारहरुको प्रर्दशन भएको बल प्रयोग प्रति दुख व्यक्त गर्दै घटनाको छानविन हुने बताएका छन् ।

 

राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको भन्दै उनले माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनका क्रममा प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको जिकिर गरे।

 

घटनाको नैतिक जिम्मेवारी सरकारले लिने स्पष्ट पार्दै उनले दोषी माथि कारबाही हुने बताए । प्रर्दशनकारीको आक्रमणबाट केही प्रहरी समेत घाइते भएको स्पष्ट पारे । गृहमन्त्री थापाले शान्तिपूर्ण तवरमा प्रर्दशन गर्न पाउने जनताको हक अधिकारको सरकारले सदैव सम्मान गर्ने समेत बताए ।

 

राज्यले नागरिकको शान्तिपूर्ण जुलुस प्रदर्शन गर्ने तथा विरोध वा समर्थन गर्ने अधिकार दिनाको साटो  बर्बर  दमन गर्यो भन्ने भनाइलाई कुनै पनि घटनाले पुष्टि गर्दैन भन्दै उनले सार्वजनिक आवागन गराउने र अमनचयन ल्याउने  राज्यको दायित्व भएकाले सार्वजनिक आवागमनलाई पुनःसञ्चालन गर्ने सन्दर्भमा मात्र कारवाही गरिएको बताए ।

 

लामो समय देखि धर्म संस्कृतिको नाममा रहेका गुठीका जग्गा भूमाफियाको हातमा पार्ने उदेश्यले सरकारले गुठी विधेयक संसदमा दर्ता गराएको भन्दै गुठीयारहरु त्यसको विरोधमा उत्रेका हुन् । प्रहरीले भिडलाई तितरबितर पार्न अश्रु ग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा प्रयोग गरेको थियो ।उनीहरु कुनै हालतमा सो विधेयकलाई पारित गर्न नहुने पक्षमा रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार