• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

८ दिनदेखि बेपत्ता भारतीय वायुसेनाको जहाजको भग्‍नावशेष भेटियो

एजेन्सी । भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता जहाज खोजी गर्न सरकारले भारतीय वायुसेनाको टोली खटाएको थियो ।

 

विमानमा १३ जना यात्रु रहेका थिए। भारतीय वायुसेनाले ट्विट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

 

असमको जोरहाटबाट ३ जुन दिउँसो १२स्२७ मा उडान भरेको कार्गो विमान उडेको आधा घन्टामै सम्पर्कविहिन भएको थियो।

 

बिमान खोजी आभियानमा विशेष अप्रेसनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०,एएन–३२ एस एमआई–१७ चौपर र स्थलसेनाको आधुनिक हेलिकोप्टर प्रयोग गरिएका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार