• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

रहेनन् भारतीय अभिनेता गिरीश कर्नाड

एजेन्सी ।  भारतीय अभिनेता गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । सन् १९३८ मा जन्मिएका गिरीशले १९७० मा कन्नड फिल्म 'संस्कार' बाट चलचित्र क्षेत्रको यात्रा सुरु गरेका थिए । उनको पहिलो फिल्मलाई नै राष्ट्रपतिबाट ुगोल्डन लोटस पुरस्कारु प्राप्त भएको थियो ।

 

आरके नारायणको पुस्तकमा आधारित टिभी शृंखला मालगुडी डेजमा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए । जसलाई भारतको सरकारी टेलिभिजन दूरदर्शनमा प्रशारण गरिएको थियो । यो आज पनि उत्तिकै चर्चित छ ।

 

उनी नाटककार, लेखक पनि थिए । उनले भारतमा प्रसिद्ध ज्ञानपिठ पुरस्कारसमेत पाएका थिए । उनी आफ्नो मातृभाषा कन्नड तथा अङ्ग्रेजीमा पनि पोख्त थिए । आफैले लेखेको कन्नड नाटकलाई उनले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनको प्रख्यात नाटक ययातिलाई केही समयअघि नेपालीमा अनुवाद गरी प्रदर्शन गरिएको थियो । 

 

कन्नड र अंग्रेजी भाषामा उनी उत्तिकै दक्षता राख्थे । उनले पहिलो नाटक पनि कन्नडमै लेखे जसलाई पछि अंग्रेजीमा अनुवाद गरेका थिए । उनका नाटकमा 'ययाति', 'तुग़लक', 'हयवदन', 'अन्जु मल्लिगे', 'अग्निमतु माले', 'नागमण्डल' तथा 'अग्नि और बरखा' निकै प्रसिद्ध रहे ।

 

गिरीशलाई १९९४ मा साहित्य एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार, १९७४ मा पद्म श्री, १९९२ मा पद्म भूषण, १९७२ मा संगीत नाटक एकेडेमी पुरस्कार, १९९२ मा कन्नड साहित्य एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार तथा १९९८ मा उनी कालिदास सम्मानबाट सम्‍मानित भउका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार