• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

सारेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम भए सेकेण्ड रनर अप

मुम्बई । इटहरी–५ का ११ वर्षे प्रितम आचार्य भारतीय टेलिभिजन च्यानल जीटिभीको ‘सारेगमप लिटल च्याम्प्स’ मा तेस्रो भएका छन् । प्रतियोगिताको आइतबार भएको फाइनलमा उनी ‘सेकेन्ड रनरअप’ भएका हुन् ।

 

प्रतियोगितामा सुगन्धा दातेले सारेगमप लिटल च्याम्प्स को उपाधी जितिन भने मोहम्मद कैफ दोस्रो भएका थिए । शीर्ष ६ मा परेका अर्का नेपाली  आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन् । 

 

नेपालबाट जीटिभी रियालिटी शो’को अन्तिम प्रतिस्पर्धासम्म पुगेका यी दुईले फाइनल सम्मै निर्णायक र पाहुनाहरूको वाहवाही बटुले । कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूदेखि नै निर्णायक मण्डल र  सेलेब्रिटी पाहुनाहरूको मन जित्दै आएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार