• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

पूर्वराष्ट्रपति जर्दारी पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनले आफुमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

 

उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकहरुबीचमा केहीबेर झडप समेत भएको थियो । उनी पाकिस्तान पिपल्स पार्टीका नेता हुन । पटक पटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो ।

 

पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहेका छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार