• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
अर्थ

सेयर बजारमा आठ अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार बजारमा सेयर कारोबारमा  ८ दशमलव ७८ अंकको गिरावट आएको छ  ।

 

सोमबार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ७५ दशमलव ८२ पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ४३ अंकले घटेर २ सय ७२ दशमलव ४६ पुगेको छ । 

 

आज बजारमा १ सय ७३ कम्पनीका २० लाख ७२ हजार ३ सय ४ कित्ता सेयर ६१ करोड ३ लाख ४७ हजार ३ सय ३४ रुपैयाँमा कारोबार भए । नेप्से घटेको दिन कारोबारमा आएका ११ वटा समूहगत उपसूचक मध्ये ३ समूह उकालो लागे भने, बाँकि ८ समूह ओरालो लागेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार