• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

गुठी विधेयकको विरोधमा भएको हस्तक्षेपबारे कांग्रेस सांसदहरु आक्रोशित

काठमाडौं । गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा विरोध गरेको छ ।

 

प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले प्रहरी हस्तक्षेपको विरोध गरेका हुन् । उनीहरुले सरकारले जनभावनाविपरित गुठी विधेयक अघि बढाएको र त्यो तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

 

त्यस लगत्तै दुवै सदनको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभाको बैठक सुचालु भए पनि प्रतिनिधिसभाको बैठक अझै अबरुद्ध छ । 

 

बैठकमा आजबाट प्रतिनिधिसभामा प्रस्तुत गरिएको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यक्रम छ । बैठकमा बजेटको मन्त्रालयगत विभिन्न शीर्षकमाथि छलफल सुरु गर्ने कार्यतालिका छ ।

 

सांसदहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे धारणा राख्ने छन् । अर्थमन्त्री डा। युवराज खतिवडाले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेट पारित गर्न सांसदहरुबीच छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

संसद्मा प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मालगायतका सांसद्हरुले विभिन्न प्रस्ताव राखेका छन् । यही प्रस्तावबारे छलफल हुने र सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार