• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

दुई पार्टी मिलेर पनि देशमा केही भएन : नेता थापा 

अछाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले कांग्रेससँग डराएर पार्टी एकता गरेको बताए ।

 

जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए ।

 

कांग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो ।

 

उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार