• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

विश्वकप क्रिकेट : अस्ट्रेलियामाथि भारतको जित

एजेन्सी । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३६  रनले पराजित गरेको छ । विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो। यसअघि लगातार २ खेलमा जित हात पारेको अस्ट्रेलिया पहिलो पटक पराजित भएको हो।

 

३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो ।अष्ट्रेलियाका लागि स्टेभन स्मिथ , डेविड वार्नर र एलेक्स केरीले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् ।  

 

स्मिथले ५ चौका र १ छक्काको मदतमा ६९ रन बनाए । त्यस्तै डेभिड वार्नरले ३६ रनको योगदान दिए। विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले नटआउट ५५ रन जोडे पनि जित निकाल्न भने सकेनन् । बलिङमा भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले ३(३ विकेट लिए। युजेभेन्द्र चाहलले २ विकेट हात पारे।

 

लन्डनको ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ‌ओभरमा ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक बनाए। उनले ११७ रन जोड्न १०९ बल खेलेर १६ चौका हिर्काएका थिए ।

 

त्यस्तै  रोहित शर्माले ५७ रन बटुले। दुईबीच १२७ रनको ओपनिङ साझेदारी भएको थियो। कप्तान विराट कोहलीले ८२ रनको योगदान दिए। उनले ७७ बलमा ४ चौका र २ छक्का हिर्काए।

 

हार्दिक पाण्ड्या २७ बलमा ४ चौका र ३ छक्को मद्दतमा ४८ रन र महेन्द्रसिंह धोनी १४ बलमा २७ रन जोडेर आउट भए। केएल राहुलले नटआउट ११ रन बनाए। बलिङमा अस्ट्रेलियाका मार्कोस स्टोइनिसले २ विकेट लिए। पाट कमिङ्ग्स र मिचेल स्टार्कले १–१ विकेट हात पारे।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार