• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

धवन र कोहली चम्किँदा भारतले अस्ट्रेलियालाई दियो ३५३ रनको लक्ष्य

एजेन्सी । शिखर धवनको शतक र कप्तान बिराट कोहली सहित अन्य दुई खेलाडीको अर्धशतकसँगै एकदिवसीय विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य दिएको छ। 

 

लन्डनको ओभलमा टस जितेर  टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५३ रनको लक्ष्य दिएको हो । भारतका लागि शिखर धवनले शतक बनाउँदा कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतक बनाए ।

 

त्यस्तै हार्दिक पाण्ड्या २७ बलमा ४ चौका र ३ छक्को मद्दतमा ४८ रन र महेन्द्रसिंह धोनी १४ बलमा २७ रन जोडेर आउट भए। केएल राहुलले नटआउट ११ रन बनाए ।

 

भारतका लागि उत्कृष्ट साझेदारी गरेका ओपनर शिखरले १ सय १७ रन बनाउँदा अर्का ओपनर रोहित शर्माले ५७ रनको योगदान दिए । १६ चौका प्रहार गरेका धवन मिचेल स्टार्कको बलमा क्याच भएका थिए । ७० बलको सामना गरेका रोहितले ३ चौका र १ छक्काको मदतमा ५७ रन जोडेका थिए । 

 

महेन्द्रसिंह धोनीले २७ रन बनाए । १४ बल खेलका धोनी ३ चौका र १ छक्का प्रहार गर्दै मार्कुस स्टोनिसको बलमा आउट भए  । केएल राहुल ११ रनमा  रनमा अविजित रहे ।

 

अष्ट्रेलियाका मार्कस स्टोनिसले दुई विकेट लिँदा मिचेल स्टार्क, प्याट कुमिन्स ,नेथन कुल्टरे १(१ विकेट लिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार