• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

चलचित्र कलाकार संघको अध्यक्षमा खड्का निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेलाई १६१ मत परेको थियो ।

 

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले सर्वाधिक २४३ मत प्राप्त गरेर विजयी भइन् । त्यस्तै अर्को उपाध्यक्ष पदमा रविन्द्र खड्का प्यानल वाहिरका पुराना अभिनेता तथा नेपालका प्रथम जादूगर सानु कुमार ताम्राकार विजयी बनेका छन् । 

 

महासचिवमा चेतबहादुर सिंह विजयी हुँदा उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १ सय ५६ मत ल्याएका थिए। सचिव पदमा पनाहा अधिकारीले १ सय ९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १ सय ६९ मत ल्याइन्।

 

त्यस्तै सुनिता कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन भने सह-कोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् । 

 

सदस्यमा शितल केसी, गोपाल नेपाल, शारदा नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धर्मानन्द आचार्य, जीवन थापा, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् । कलाकार संघको शनिबार भएको निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार