• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

विप्लव समूहका १८ नेता-कार्यकर्ता कास्कीबाट पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १८ जना कार्यकर्ता कास्कीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता-कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

 

स्थानीय आमा समूहको भवनमा बैठक बस्दै गर्दा प्रहरीले भवन घेरा हालेर उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीको सूचनामा विप्लवका मध्येपश्चिम क्षेत्रका कमान्डर सहितका नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताइएको भए पनि सो टोली भने पुगेको थिएन ।

 

सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार