• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

नेपालमा कडाइ गरिएपछि म्यानमार रुटबाट सुन र सुपारी तस्करी

काठमाडौं । गत जेठ १८ मा चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन केन्द्रीय राजश्व अनुसन्धान विभागको टोलीले सिलिगुडीबाट समात्यो ।

करिब बर्ष दिनपछि अर्थात् बैशाख ३१ मा सिलिगुडीबाटै २४ दशमलव १५० किलो सुन बरामद गर्‍यो । 

 

यसपटक सुन नाथुला नभएर म्यानमार(बर्मा)बाट भित्रिएको थियो । अन्दाजी आठ करोड भारुको सुन बरामदसँगै तस्करले म्यानमार–मोरे(मणिपुर)तस्करीको अर्को रुटका रुपमा प्रयोग गरिरहेको खुलेको छ । 

 

म्यानमारको टमुका स्थानीय र मणिपुरको मोरेका बासिन्दालाई यो नाकामा आवतजावत गर्न छुट छ ।

 

अन्तर्राष्ट्रिय सीमा भएर पनि व्यापारिक सिलसिलामा बर्मेलीहरु भारततिर आउने र भारतीयहरु उता जाने गर्छन् , भिषाबेगरै । त्यही खुला सीमाको फाइदा उठाउँदै तस्करले धमाधम सुन भित्र्याइरहेका छन् ।कान्तिपुर दैनिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार