• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री ओली युरोप भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको ८ दिने भ्रमणका लागि शनिबार साँझ स्वीट्जरल्यान्ड प्रस्थान गरेका छन् ।

 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापालगायतले बिदाइ गरेका थिए ।

 

 प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुने छन । प्रधानमन्त्री ओलीले ४० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुने समारोहलाई  जेठ २७ गते  सम्बोधन गर्ने कार्यक्रम छ ।
 


परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, निजी क्षेत्रको लगानी प्रवद्र्धन कार्यक्रममा सम्झौताको तयारी गरिएको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार