• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

कमेडी र सस्पेन्स समेटिएको चलचित्र ‘कुम्भ करण’

फ्रेस संवाददाता ।  चलचित्र ‘कुम्भ करण’ मा केहि हाँस्य संवाद छन् भने एक शिक्षिकालाई मन पराउने होडबाजी तीन जना बिच चल्छ र शिक्षिकाको हत्या हुन्छ । हत्यारा को हो भन्ने बिषय नै चलचित्रको मुख्य कथा हो । 

 

एउटा सानो गाउँ र त्यहाँ रहेको सरकारी विद्यालयमका २ जना शिक्षक, एक साहेक र एक अंग्रेजी शिक्षिकाको वरिपरि घुमेको छ चलचित्र कुम्भ करण । माया प्रेम, सामाजिक विषय र हाँस्य संवादले दर्शकलाई बाधेर राख्छ ।

 

हाँसोमा रमाइरहेका तीन शिक्षकमा अचानक एउटा नमिठो टवीस्ट आउँछ । शिक्षिकाको हत्या । आफुले मन पराएको शिक्षिकाको हत्या भएपछि यी तीनै प्रेमीको मनमा डर र त्रास उब्जिन्छ । 


शिक्षिकाको हत्या कसले गर्यो ? के यीनै तीन शिक्षकले शिक्षिकाको हत्या गरेका हुन त । यही सेरोफेरोमा कुम्भकरण घुमेको छ । कलाकार भोला सापकोटा, गौरव पहाडी, अभय बराल र नायिका निशा अधिकारीको अभियम मध्यम छ ।

 

भोला सापकोटाले दर्शक हसाउँन आफनो मेहिनत छाडेका छैनन । गौरव पहाडी र अभय बरालको अभिनयलाई ठिकठाक भन्नुपर्छ । धेरै समयपछि चलचित्र अभिनयमा फर्केकी नायिका निशा अधिकारी नै चलचिलाई टवीस्ट ल्याइदिने पात्र हुन । समग्रमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ र चलचित्र एकपटक हेर्दा फरक पर्दैन । 


कमेडी र सस्पेन्स समेटिएको चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका छन् । चलचित्रमा एक सरकारी विद्यालयमा हुने शिक्षिका र शिक्षक बीचको प्रेम, द्वन्द्व र इस्र्या देखाइएको छ ।

 

शिक्षिका सपनाको कसैले हत्या गरिदिन्छ । हत्यारा पत्ता लगाउन सपनाको भाई लागिपर्छन तर अन्तिमसम्म पनि हत्यारा पत्ता लाग्दैन । हत्यारा को हो र सपना मेडमको हत्या किन गरियो भन्ने कुरा अन्त सम्म पनि सस्पेन्स मै रहन्छ ।  


आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा,  गौरव पहाडी र अभय बराल संगै आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा लगायत कलाकारको अभिनय रहेको छ ।


चलचित्रलाई रिच इन्टरटेरमेन्टका करण श्रेष्ठले वितरण गर्दै छन् । चलचित्रको कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरी रहेकी छन् ।

 

चलचित्रमा महेश दवाडीको पटकथा सम्वाद, गोबिन्द मधुर आचार्यको सङ्गीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन् । हरि घलेको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा चित्रबहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ । चलचित्रमा सह निर्माताको रुपमा गिरप्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार