• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

कब्जियतबाट छुट्कारा पाउने उपाए

कब्जियत आम नेपालीको समस्या हो । असन्तुलित जीवनशैलीका कारण कब्जियतको समस्या दैनिकजसो बढ्दो छ । तयारी खानेकुरा, भुटेका, तारेका चीजको प्रयोग नै कब्जियतको मुख्य कारक भएको बताउँछन् डाक्टरहरु । लामो समयसम्म औषधीको सेवन गर्नेहरुलाई पनि कब्जियतको समस्या हुने गर्छ ।


खाली पेट नै दिन बिताउने र पाएको बेला अधिक खानाले पनि समस्या झन् बढ्ने हुन्छ । बदलिँदो जीवनशैलीका कारण पनि कतिपयको भान्सामा मसलेदार र स्वादले भरिएका खानेकुराले धेरै ठाउँ पाउन थालेको छ । जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिदैँन ।

स्वादको पछि लाग्दा त्यसले हाम्रो स्वास्थ्यमा कस्तो असर गरेको छ भन्ने कुरा हामीले भुलेका हुन्छौं ।  


कसरी पाउने यसबाट छुट्कारा 


– खानामा सागपात, मौसमी तरकारीको प्रयोग बढाउने
– धेरै पोलिस नगरिएका खाद्यान्नको प्रयोग गर्ने, 
– भान्सामा मैदाभन्दा पनि चोकरयुक्त आँटाको प्रयोग गर्ने,
– पानी प्रशस्तै पिउने,
– तनाव कम गर्ने,
– सकेसम्म औषधीहरुको प्रयोग कम गर्ने,
– मौसमअनुसारको फलफूल जस्तैःनासपाती,क्राक्रो,मेवालाई आफ्नो खाजा, खानामा समावेश गर्ने
– बोक्रासँगै पकाएको दाल खाने
– गहँुको दलिया, मकैको भात खाने, 
– बेलुकाको भोजनमा सकेसम्म अन्न गेडागुडी नखाने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार