• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै

खस्यौली । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शेयर बजारको दायरा फराकिलो बनाउने प्रयास गरिने भएको छ । शेयर बजारमा संलग्न लगानीकर्तालाई सो सम्बन्धी शिक्षा दिएर बजारको वर्तमान अवस्था र चुनौतीको विषयमा जानकारी दिइने छ । शेयर बजारमा लामो अनुभव गरेका लगानीकर्ताले आफ्नो बजारसम्बन्धी अनुभवसँगैे शेयर बजारको नीतिगत विषय समेत औल्याउने छन् ।

 

प्रदेश नं ५ शेयर लगानीकर्ता फोरम र लगानी स्कुल काठमाडौँको संयुक्त आयोजनामा बुटवलमा हुने कार्यशालामा दाङ, अर्घाखाची, कपिलवस्तु लगायतको विभिन्न जिल्लाबाट सहभागिता रहने बताए । सो कार्यशालामा प्रोफेसर डा मनोहरकुमार श्रेष्ठ, डा विनोद घिमिरे, राजकुमार केसी, सुदर्शन कडरिया लगायतले शेयर बजारको विभिन्न अवस्थाको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

 

'काठमाडौँपछि बुटवललाई शेयर बजारको केन्द्रको रुपमा विकास गर्न खोजेका छौँ', प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीले भने । उनले बजारमा अभ्यस्त भएका तर ढुक्कसँग लगानी गर्न नसकेका लागि कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्दै यसले शेयर बजारसम्बन्धी अस्पष्टता हट्ने बताए ।

 

गतवर्ष स्थापित फोरमले शेयर बजारसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । बुटवलमा पाँच, भैरहवामा एक र दाङमा एक गरी प्रदेश नं ५ मा ७ दलाल ९ब्रोकर० कार्यालय छन् । उनीहरुले दैनिक रु एक करोड हाराहारीमा कारोवार गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार