• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

विवाद भएकै ठाउँमा मेलमिलाप : बिद्यासुन्दर शाक्य 

शर्मिला तिमल्सिना, काठमाडौं । विवाद भएकै स्थानबाट मेलमिलापको लागि सहजकर्ताहरु तयार गरी परिचान गर्न लागिएको कठमाण्डौ महानगरपालिकाका महानगर प्रमुख बिद्यासुन्दर शाक्यले बताए । सबै किसिमका मुद्दा अदालत पठाउँदा नागरिकको समय र सम्पत्ति खर्च हुने जनाउँदै महानगरका प्रमुख शाक्यले बिवाद सृजना भएकै ठाउँमा व्यवस्थापन गर्ने बिधि प्रवर्धन गरिने बताएका छन् ।

 

मंगलबारबाट राष्ट्रिय सभा गृहमा शुरु भएको मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रमको शुरुवात् गर्दै प्रमुख शाक्यले, सामाजिक अनुशासन कायम गरेर बिवादलाई शान्तिपूर्ण व्यवस्थापनमा आफ्नो जोड रहेको बताए । प्रशिक्षणले व्यक्तिलाई व्यवहारिक र परिपक्व बनाउने भएकोले वडाको सिफारिसमा हरेक वडाबाट एकजना पुरुष र एकजना महिलालाई तालिममा सहभागी गराइएको बताउँदै उहाँले महानगरको सोच समाजमा बिम्बित गर्न आग्रह गरे ।

 

मेलमिलाप सामाजिक सेवाको काम हो । यसमा दुवै पक्षलाई न्याय दिने प्रयास गरिन्छ । कार्यक्रममा बोल्दै, महानगरका कानुन महाशासखाका निर्देशक बसन्त आचार्यले मेलमिलापबाट शान्ति स्थापनामा सहयोग हुने बताए । सोही अवसरमा बोल्दै नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीले, स्वीकृत पाठ्यक्रम आधारित मेलमिलाप सम्बन्धि तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउने भएकोले तालिमको संख्या बृद्धि गर्नुपर्ने बताए । उनको अनुसार, यो तालिम ४८ घण्टाको हुनेछ । तालिममा एक पटकमा २७ जनाभन्दा बढी व्यक्तिलाई सहभागी गराउन पाइँदैन ।महानगरले यो तालिम ३ चरणमा सञ्चालन गर्दैछ ।

 

कानुन शास्त्रमा अध्ययन गर्ने व्यक्ति भएर मात्र मेलमिलाप गराउन पाइदैन । यसका लागि तालिम नै लिनुपर्छ । तालिमपछि शपथ ग्रहण हुन्छ । त्यसपछि मात्र पक्ष बिपक्षलाई मेलमिलाप गराउन पाइन्छ ।

 

तालिममा मेलमिलाप गर्ने तरिका, कस्ता मुद्दामा मेलमिलाप गराउन सकिन्छ ?  स्थितिलाई कसरी सामान्य बनाउने ? यस सम्बन्धि कला र औजार सम्बन्धि सीप दिइन्छ । त्यस्तै तालिमकर्तालाई कुनै मुद्दामा पक्ष बिपक्ष तथा मेलमिलापकर्ता बनाएर बिवाद मिलाउने प्रयोगात्मक सीप पनि सिकाइन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार