• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

‘वर्ल्ड विथआउट बेस्ट’ का लागी काम गर्ने कोकाकोला नेपालको संकल्प 

काठमाडौं । कोकाकोलाले सन् २०३० सम्मको बिक्रि गरिएको प्याकेजिङको शतप्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने प्रतिबद्धता जनाएको छ । कोकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो सस्टेनेबिलिटी पार्टनरसँग मिलेर ‘वर्ल्ड विथआउट वेस्ट’का लागि संकल्प गरेको हो ।

 

राजधानीमा आयोजित एक कार्यक्रबीच कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्था संयुक्तरुपमा रिसाइकलिङका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको कुरामा जोड दिएको छ । सो अवसरमा कोकाकोला नेपालले दुईवटा पीईटी रिसाइकलिङ प्रोजेक्टसँग सहकार्य गरेको छ ।

 

कम्पनीले नगरमित्र र रिसाइक्लर साथीसँग सहकार्य गरेको हो । पीईटी रिसाइकलिङ पहलको रुपमा कोकाकोला, जीआईजे, जीएमबीएच(जर्मनी, गणेशा इकोस्फ्यर लिमिटेड–इन्डिया, एचसीआई–नेपालले काठमाडौंलाई हरित बनाएर कानुनी, जिम्मेवार तथा वातावरण मैत्री पीईटी रि–कलेक्सन प्रणाली स्थापना गर्न साझेदारी गरेको छ ।

 

यस प्रोजेक्टले जिम्मेवार सप्लाई चेन विस्तार गर्न, महिलाहरुका लागि ग्रिन रोजगारी सृजना गर्न, अफसाईट काम गर्न कामदारहरुलाई एकमुष्ट समायोजन गरेर उद्यमको व्यवस्था गर्न प्रयासरत छ । यस प्रोजेक्टमा अफ–साइट कामदारहरुको आय २७ % ले वृद्धि भएको छ भने कामदारको संख्यामा ५००% ले वृद्धि भएको छ ।  

 

त्यस्तै,नयाँ पीईटी रिसाइकिलिगं परियोजनाका लागि क्रियशनसँग कार्यन्वयन पार्टनरको रुपमा साझेदारी भएको छ । क्रियशनका सीईओ श्री आनन्द मिश्रा, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री अम्बुज सिंह र बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर श्री प्रदीप पाण्डेले एमओयूमा हस्ताक्षर गरेका छन् । पहिलो चरण अन्तर्गत सन् २०१८ को चौथो त्रैमासिकसम्म कोका–कोला फाउण्डेसन र बोटलर्स नेपाल तराई लिमिटेडले भरतपुर तथा चितवनको निर्माण संयन्त्र नजिकै नयाँ पीईटी केन्द्र स्थापना गरेको छ ।

 

त्यस्तै, नयाँ पीईटी रिसाइकलिङ परियोजनाका लागि कम्पनीले क्रियसनलाई कार्यन्वयन पार्टनर बनाएको छ । साझेदारीमा क्रियसनका सीईओ आनन्द मिश्रा, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले हस्ताक्षर गरे । यो कार्यक्रमको पहिलो चरणअन्तर्गत कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल तराईले भरतपुर तथा चितवनको निर्माण संयन्त्र नजिकै नयाँ पीईटी केन्द्र स्थापना गरेको छ ।

 

क्रियशनको साझेदारीमा, यस परियोजनाले स्थानीय नगरपालिका, व्यवसायिक प्रतिष्ठान, नागरिक तथा फोहोर संकलनसँग सहकार्य गरेर नेपालमा पीटीई वेस्ट रिसाइकलका लागि समाधान खोज्न स्टेकहोल्डरलाई अनुकरण गर्ने लक्ष्य बनाएको छ ।

 

कोका–कोला नेपालले एचसीआई र डब्लुडब्लुएफको सहकार्यमा सरकारको चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त संरक्षण क्षेत्र घोषण गर्न सहयोग गरेको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार