• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

सबै नागरिकले आधारभूत शिक्षा पाउनुपर्नेमा राष्ट्रपतिको जोड

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको  विकासका लागि शिक्षामा लगानी बढाउनु पर्ने  बताएकी छिन् । वैजनाथ गाउँपालिका–५ को प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् । 

 

बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उनले भनिन्, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ ।

 

राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

 

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।

 

उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् । अर्को एक प्रसङ्गमा राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिन सरकारलाई सुझाव दिँदै सिक्टा सिंचाइ आयोजना, भेरी बबई डाइभर्सन लगायत यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताइन् ।

 

राष्ट्रपति भण्डारीले आजै अपराह्न २ बजे नेपालगञ्जमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार