• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

'अडान' को अध्यक्षमा मोहनराज रेग्मी निर्विरोध

काठमाडौं । ‘राष्ट्रिय सम्वृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि  हाम्रो अडान’ भन्ने नाराका साथ नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौ राष्ट्रिय महाधिवेशन मोहनराज रेग्मी अध्यक्षतामा निरविरोध कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ ।

 

अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आतिथ्यतामा र महालेखापरीक्षक टंकमणि शर्मा दंगाल बिशेष आतिथ्यता र मुलुकभरका करीव ५ सय ५० भन्दा बढी लेखापरीक्षक प्रतिनिधिहरुको सहभागिता महाधिवेशनमा रहेको थियो ।   

 

महाधिवेशनले केदारनाथ पौडेललाई बरिष्ठ उपाध्यक्षमा, बद्रिप्रसाद भट्टराइ प्रथम उपाध्यक्ष, डोलप्रसाद दाहाल उपत्यका उपाध्यक्ष, पोषराज नेपाल प्रदेश नं.१ उपाध्यक्ष, प्रदिप कुमार यादव प्रदेश नं.२ को उपाध्यक्ष, रामजी प्रसाद अधिकारी प्रदेश नं.३ उपाध्यक्ष, चन्द्र वहादुर थापा प्रदेश नं.४ उपाध्यक्ष, अब्दुल करी खाँ प्रदेश नं.५ उपाध्यक्ष, हिमालय खत्री प्रदेश नं.६ उपाध्यक्ष र  प्रदेश नं. ७ उपाध्यक्षमा वहादुरसिंह विष्ट चयन गरिएको छ । 

 

त्यसैगरी महाधिवेशनले झलकमणि लम्साल महा-सचिव र उप-महासचिवहरुमा क्रमश भोलानाथ पाठक, भरतकुमार श्रेष्ठ, गणेशराज राई निर्वाचित गरेको छ । त्यस्तै सचिवहरुमा हरिबहादुर कार्की, साबित्री शर्मा, गणेश गिरी, शंकर ज्ञवाली, प्रेमबहादुर श्रेष्ठ, बिलबहादुर भुजेल, जयाकुमारी झा, राजेन्द्रप्रसाद ढुङ्गानालाई  चयन गरेको छ भने कोषाध्यक्षमा वलराम चौधरी र सहकोषाध्यक्षमा रामगोपाल महर्जन लाई चयन गरिएको छ ।

 

केन्द्रीयकार्य समितिको खुल्ला सदस्यहरुमा  मधुसुदन भट्टराई, प्रेमकुमार बराल, लिला भट्टराई र, भुपेन्द्रकृष्ण श्रेष्ठ, सूर्यनारायण झा, कृष्णबहादुर थापा सदस्य, चन्द्रभक्त श्रेष्ठलाई चयन गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार