• बुधबार ५-४-२०७६/Wednesday 08-21-2019
विचार

‘नेपालका कम्युनिष्टहरु एउटै बथानमा बस्न सक्दैनन’

प्रधानमन्त्री केपी ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणको शोभा बढाउन नयाँदिल्ली पुग्दा पनि सुख पाएनन । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष बीच भएको पार्टी एकताकालीन सहमतिले उनको टाउको दुखायो । उनले लामो सुस्केरा फेर्दै नेपाली राजनीतिक संस्कारलाई सरापे ।

 

आफनो सरकार चार–पाँचदिनमा नै ढल्ने बक्रोक्ति उच्चारण गरे र स्वदेश फर्किए । उनको अनुपस्थितिमा यो सहमतिको चर्चा किनचल्यो रुकिन पुष्पकमल दाहाल प्रचण्डले चर्चा चलाउन यही समय चुने, उनी किन अहिले नै प्रधानमन्त्रीको कुर्सी वा सक्रिय पार्टी अध्यक्ष पदमा बिराजमान हुन तम्सिए,  यो कुरा खुलेको छैन । नेपाली कांग्रेस सँगको सुबिधाजनक सहकार्य पन्छाएर कम्युनिष्ट पार्टी बीचको ब्यापक एकता प्रचण्डको धोको हो । तर, उनको या धोको कहिल्यै पूरा भएको छैन ।

 

यो अनुमान गर्नु कठिन छैन, प्रचण्डका लागि एमाले सँगको पार्टी एकीकरण सहज भएको छैन । एमालेको आफनै प्रकारको सुबिधाजनक राजनीति छ । नेताहरुमा पनि त्यही प्रकारको समझदारी छ । प्रम ओलीलाई पदबाट बाहिर गर्ने कुरा झिनो आवाजमा बाहिर निस्कनासाथ कामरेड माधव नेपाल प्रधानमन्त्रीका प्रतिरक्षामा सार्वजनिक भाषणमा नै उत्रिए । पूरा एमालेमा बामदेव गौतम बाहेक अरु कुनै नेता प्रचण्डको पक्षमा अघि सरेनन ।

 

यो संकेत हालको नेपाल कम्युनिष्ट पार्टीका लागि सुखद होइन । हामीले केही समय अघि पार्टी एकताका समयमा सुनेका थियौ, एमाले र माओवादी पार्टीका नेता कार्यकर्ताहरु एकतामा प्रतिबध्द छन । उनीहरु समाजवाद मार्फत समृद्ध नेपालको निर्माणमा लागि परेका छन । तर, त्यसो होइन रहेछ ।

 

एमाले र माओवादी बीचको यो समीकरण दुइ कम्युनिष्ट पार्टीको आबश्यकता थियो कि दुइ नेताहरुको महत्वाकांक्षाको समीकरण थियो , यो अब खुलस्त भइसकेको छ । प्रचण्डले आपूm र प्रधानमन्त्री ओलीबीच भएको सहमतिका बारे कुनै टिप्पणी नगरी आफु भूमिका रहित अध्यक्षका रुपमा निकै ठूलो अप्ठेरोका साथ बसेको स्पष्ट पारेका छन ।

 

एमाले समर्थक कतिपय गैर सरकारी संस्थाका मालिकहरु नै प्रचण्डका बिरुध्द हेगको हौवा फैलाउन ब्यस्त रहेका छन । प्रचण्डले जन युध्दमा मारिएका १७ हजार नेपालीको जिम्मेवारी लिनुपर्ने नारा लगाईंदैछन । यो समय प्रचण्डका लागि अस्वाभाविक रुपले जटिल बनेकोछ । उनले जसको भरोसा गरेका थिए ती उनको बिरोधमा लागेका छन । नेपालका कम्युनिष्टहरु एउटै बथानमा बस्न सक्दैनन । 

 

बिगत आठदशकको अनुभवले यही कुरा बताउँछ । नेपाली कम्युनिष्ट आन्दोलनमा कति भंगाला फाटे होलान त्यसको हिसावकिताव छैन । पहिलो जन–आन्दोलनपछि गणेशमान सिंहको प्रेरणाले मनमोहन अधिकारीको नेतृत्वको कम्युनिष्ट पार्टी र माले पार्टी एक भएका थिए । त्यो एकता कति पटक बिभाजन तिर गयो , कसैले भन्न सक्दैन । नेपालका कम्युनिष्टहरु रचनात्मक हिसाबले एकै ठाउँमा बस्न सक्दैनन भन्ने भनाइमा यथार्थ रहेकोछ । एमाले र माओवादी भित्रका ति धार सलबलाएका छन त्यो पर्यवेक्षकले भन्ने बिषय होइन ।

 

एमालेमा प्रम ओलीको मूल गूटबाहेक माधव नेपाल, झलनाथखनाल, भीम रावल, घनश्याम भूसाललगायतका नेताहरुको प्रभावशाली गूट छ । नेता प्रचण्डको नेतृत्वमा रहेको माओवादीबाट टुटफुट भएका समूह देशै भरि छन । कृष्णबहादुर महरा पार्टीमा शक्तिशाली मानिन्छन । यतिबेलाउनको शक्ति कुँजिएकोछ । सभामुख पार्टी राजनीतिमा अल्मलिन मिल्दैन ।

 

नारायणकाजीलाई छाडेर अग्नि सापकोटा, हरिबोल गजुरेल, बर्षामानपुन, लेखराज भट्ट, जनार्दन शर्मा, गिरिराजमणिहरु अहिले केही बोल्न सकिरहेका छैनन । नारायणकाजी पार्टी एकताको पक्षमा अटल रहेको बताइन्छ । तर, एमाले र माओवादी दुबै पार्टीले विभिन्न क्षेत्रका नेताहरुको बिचारको समायोजनमा दृष्टि पुर्‍याएको देखिदैन ।

 

कम्युनिष्ट पार्टी भित्र टुटफुटको श्रृंखला नचलेको भए मोहन बैद्य, नेत्रबिक्रम चन्दजस्ता पार्टीका नेताहरु माओवादी भित्रै हुन्थे । त्यतिबेला यस्तै हुन्छ भन्न सकिन्थ्यो । नेताहरु अनेकताको शिकार भएको अहिलेको समयमा कार्यकर्ताहरु लथालिंग अवस्थामा देखिएका छन । त्यसैले अहिले नै केही भन्न सकिदैन ।


नेपाल कम्युनिष्ट पार्टीको एकता अहिले नै संकटमा परी सकेको छैन । यो पार्टी एमाले र माओवादी दुबैको स्वार्थका लागि आवश्यक छ । एमाले वा माओवादी कसले सरकार चलाउने हो र कसले पार्टी चलाउने हो, अबका दिनमा यो बिवादको छिनोफानो होला । तर, बिवाद चर्कियो भने पार्टी एकता पनि खतरामा पर्ने देखिन्छ । प्रचण्डलाई सरकार प्रमुखको पद बिना संघर्ष यत्तिकै प्राप्त होला भन्नेमा कसैको बिश्वास छैन ।

 

पार्टी नेतृत्वमा उनलाई स्थापित गरेर एमाले नेताहरु आफनो भबिष्य संदिग्ध बनाउन चाहदैनन । प्रचण्ड अध्यक्ष भए भने के होला वा नहोला ? यो कसैले सोचेको छैन । भनिन्छ, कम्युनिष्ट पार्टीको निर्माण बिश्वासको जगमा होइन, अबिश्वासको भासमा हुन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुलाई हेर्ने हो भने यहाँजति भाँडा हुन्छ त्यसमा त्यत्ति नै बढी ‘चुपुर्को’ हुन्छ । अहिले मिलेका एमाले र माओवादी साम्यवादको सैध्दान्तिक आधार बलियो बनाउन एक आपसमा जोडिएका होइनन । यहाँभित्रजति गूट छन त्यति नै सिध्दान्तका कुरा सुनिन्छन ।


नेपालका कम्युनिष्ट पार्टी सामन्तवादी बिचारका सहयात्रीजस्ता देखिन्छन । शक्ति र सत्ताको जति दुरुपयोग यी महावलीहरुबाट हुन्छ त्यति अरु कुनै पार्टीका नेताले गर्दैनन । बर्तमान सरकारलाई नै हेरौं । यसका नाराहरु आकर्षक छन । तर, कार्यान्वयन छैन । सरकार प्रकारान्तरले निषेधमा चल्नखोजेको छ । प्रेसलाई नियमन गर्ने नाउँमा नियन्त्रण गर्ने दुष्प्रयासमा सरकार लागेको छ । सरकारी पक्षका प्रायः सबै नेताहरुले प्रेस सम्बन्धी बिधेयक संशोधन हुने बताएका छन । तर, त्यो बिधेयकलाई संशोधित रुपमा प्रयोग गर्ने होइन, खारेज नै गर्नु पर्दछ ।


अहिले देखा परेको नेकपाको आन्तरिक अन्तरद्वन्द्व  मै समय चल्ने देखिन्छ । यो द्वन्द्वमा प्रचण्डको प्रभावले काम गर्दछ कि त्यो प्रभाव निस्तेज हुन्छ उसै भन्न सकिदैन । प्रम ओलीले संघीय सत्तामा मात्रै होइन, प्रादेशिक सत्तामा पनि आफनो पकड जमाउन खोजेको देखिएको छ । प्रादेशिक सरकारलाई संघीय सरकारको इकाइ भन्ने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा राख्ने ?

 

कम्युनिष्ट पार्टीको सरकार पाँचबर्ष पूरै चल्न सके राजनीतिक स्थायित्व आएको चर्चा होला । सरकार, सरकार चलाउने पार्टी र उनीहरु भित्रको कटाक्षका कारण यो सरकार पाँचबर्ष नचल्ने सम्भावना बढेकोछ । यो समय प्रचण्डका लागि अस्वाभाविक रुपले जटिल बनेकोछ । उनले जसको भरोसा गरेका थिए ती उनको बिरोधमा लागेका छन । यसमा शंका छैन ।

 

नेपालका कम्युनिष्टहरु एउटै बथानमा बस्न सक्दैनन । बिगत आठदशकको अनुभवले यही कुरा बताउँछ । नेपाली कम्युनिष्ट आन्दोलनमा कति भंगाला फाटे होलान त्यसको हिसाव–किताव छैन । पहिलो जन–आन्दोलनपछि गणेशमान सिंहको प्रेरणाले मनमोहन अधिकारीको नेतृत्वको कम्युनिष्ट पार्टी र माले पार्टी एक भएका थिए । त्यो एकता कति पटक विभाजन तिर गयो, कसैले भन्न सक्दैन । नेपालका कम्युनिष्टहरु रचनात्मक हिसाबले एकै ठाउँमा बस्न सक्दैनन भन्ने भनाइमा यथार्थ रहेकोछ ।


एमाले र माओवादी भित्रका ति धार सलबलाएका छन त्यो पर्यबेक्षकले भन्ने बिषय होइन । एमालेमा प्रमओलीको मूल गूट बाहेक माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भूसाल लगायतका नेताहरुको प्रभावशाली गूट छ । नेता प्रचण्डको नेतृत्वमा रहेको माओवादीबाट टुटफुटको भएका समूह देशैभरि छन ।

 

कृष्णबहादुर महरा पार्टीमा शक्तिशाली मानिन्छन । यतिबेलाउनको शक्तिकुँजिएको छ । सभामुख पार्टी राजनीतिमा अलमलिन मिल्दैन । नारायणकाजीलाई छाडेर अग्नि सापकोटा, हरिबोल गजुरेल, बर्षामान पुन, लेखराज भट्ट, जनार्दन शर्मा, गिरिराजमणिहरु अहिले केही बोल्न सकिरहेका छैनन ।

 

नारायणकाजी पार्टी एकताको पक्षमा अटल रहेको बताइन्छ । तर, एमाले र माओवादी दुबै पार्टीले विभिन्न क्षेत्रका नेताहरुको बिचारको समायोजनमा दृष्टि पुर्याएको देखिदैन । कम्युनिष्ट पार्टी भित्र टुटफुटको श्रृंखला नचलेको भए मोहन बैद्य, नेत्रबिक्रम चन्द जस्ता पार्टीका नेताहरु माओवादी भित्रै हुन्थे । त्यति बेला यस्तै हुन्छ भन्न सकिन्थ्यो । नेताहरु अनेकताको शिकार भएको अहिलेको समयमा कार्यकर्ताहरु लथालिङ्ग अवस्थामा देखिएका छन । त्यसैले अहिले नै केही भन्न सकिदैन ।

 

नेपाल कम्युनिष्ट पार्टीको एकता अहिले नै संकटमा परी सकेको छैन । यो पार्टी एमाले र माओवादी दुबैको स्वार्थका लागि आवश्यक छ । एमाले वा माओवादी कसले सरकार चलाउने हो र कसले पार्टी चलाउने हो,अबका दिनमा यो बिवादको छिनोफानो होला । तर,विबाद चर्कियो भने पार्टी एकता पनि खतरामा पर्ने देखिन्छ ।  जनकपुर टुडे

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार