• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

छिन्नलता गीत पुरस्कार –२०७५ घोषणा

काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले यस वर्षको  ‘छिन्नलता गीत पुरस्कार–२०७५’ घोषणा गरेको छ ।

 

गीत रचनामा बुद्धवीर लामा, बद्री खरेल र दुर्गा खरेललाई सङ्गीतमा संयुक्त रुपमा पुरस्कार प्रदान गरिने भएको छ । यस्तै गायनतर्फ यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुतलाई ‘छिन्नलता गीत पुरस्कार–२०७५’ प्रदान गरिने भएको छ ।

 

छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गरिने छ भने गीत, सङ्गीत, विशेष सम्मान   ५० हजार र युवा नवप्रतिभाको ४० हजार रुपैयाँ सहित सम्मानपत्र दिइने गुठीले जनाएको छ । पुरस्कार आउँदो असारमा प्रदान गरिने  छ ।
  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार