छिन्नलता गीत पुरस्कार –२०७५ घोषणा
काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले यस वर्षको ‘छिन्नलता गीत पुरस्कार–२०७५’ घोषणा गरेको छ ।
गीत रचनामा बुद्धवीर लामा, बद्री खरेल र दुर्गा खरेललाई सङ्गीतमा संयुक्त रुपमा पुरस्कार प्रदान गरिने भएको छ । यस्तै गायनतर्फ यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुतलाई ‘छिन्नलता गीत पुरस्कार–२०७५’ प्रदान गरिने भएको छ ।
छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गरिने छ भने गीत, सङ्गीत, विशेष सम्मान ५० हजार र युवा नवप्रतिभाको ४० हजार रुपैयाँ सहित सम्मानपत्र दिइने गुठीले जनाएको छ । पुरस्कार आउँदो असारमा प्रदान गरिने छ ।
प्रतिकृया दिनुहोस