• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

मण्डलामा नाटक 'क्लेशा:'

काठमाडौं । जेठ १७ गतेबाट मण्डला थिएटरमा नाटक  ‘क्लेशाः’ मञ्चन  ह्ँदैछ। करमन थिएटरको प्रस्तुती रहेको  नाटकलाई विजया कार्कीले निर्देशन गरेका छन् ।  

 

‘क्लेशा’ नाटकको मुख्य स्रोत रामायण हो । क्लेशा ले ऋषि वाल्मिकीको आलौकिक कथालाई  समसामयिक नाटकमा उतारिएको छ ।  कुनै धार्मिक धागोले नबाँधिकन, एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ।

 

हिन्दु शास्त्र अनुसारका  ‘क्लेशा’ का पाँच तत्व अज्ञानता, अहंकार, मोह, विच्छेद र डर जुन नाटकको दार्शनिक पृष्ठभुमिमा रहनेछन् । नाटकमा नेपालको एउटा दुर्गम गाँउमा पंचायती व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनार्परिभाषित गरिएको छ ।

 

अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वप्नील घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको नाटकमा अभिनय रहनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार