मण्डलामा नाटक 'क्लेशा:'
काठमाडौं । जेठ १७ गतेबाट मण्डला थिएटरमा नाटक ‘क्लेशाः’ मञ्चन ह्ँदैछ। करमन थिएटरको प्रस्तुती रहेको नाटकलाई विजया कार्कीले निर्देशन गरेका छन् ।
‘क्लेशा’ नाटकको मुख्य स्रोत रामायण हो । क्लेशा ले ऋषि वाल्मिकीको आलौकिक कथालाई समसामयिक नाटकमा उतारिएको छ । कुनै धार्मिक धागोले नबाँधिकन, एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ।
हिन्दु शास्त्र अनुसारका ‘क्लेशा’ का पाँच तत्व अज्ञानता, अहंकार, मोह, विच्छेद र डर जुन नाटकको दार्शनिक पृष्ठभुमिमा रहनेछन् । नाटकमा नेपालको एउटा दुर्गम गाँउमा पंचायती व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनार्परिभाषित गरिएको छ ।
अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वप्नील घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको नाटकमा अभिनय रहनेछ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस