• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

पनौती हाइड्रो पावरमा एक दिन

श्रेया नेपाल

काठमाडौं । कक्षा ७ लाई बिदा गर्दै नयाँ जोस र जाँगरका साथ कक्षा ८ मा व्यागभरी किताबको भारी बोकेर महा–बिद्यालय जाँदा र महा–बिद्यालयबाट दिइएको गृहकार्य गर्दा थाकेको मस्तिकलाई एक दिन भए पनि तनाव रहित गर्न महा–बिद्यालयबाट जेठ ८ गते एक दिने एजुकेशन भिजिट जाने मौका पाइयो । त्यो दिन घुम्न जाने भएकोले ब्यागमा एउटा पानीको बोतल मात्र बोकेर महा–बिद्यालय प्रवेश गर्दा सबै बिधार्थीको मुहारमा एक प्रकारको रौनक छाएको थियो । 

 

महा–बिद्यालयमा खाना खाएर एम.पी.सर, एस.एस.म्याम, पी.एल.सर, डी.आर.ए.सर लगाएत धेरै शिक्षकहरुकोे साथमा हुइकिएको हाम्रो यात्रा एकातिर गाडीको तातो बाफ अर्को तिर झ्यालबाट आएको मन्द मन्द हावाको आनन्द लिदै शिक्षक र साथीहरुसँग रमाउँदै पनौती बसपार्क हुँदै खोपासी बसपार्क सम्म गाडीको यात्रा, त्यस पछि ५ मिनेट पैदल हिडेपछि पुगिने रहेछ पनौती हाइड्रो पावर ।

 

नेपाल जल–स्रोतको धनी देश भएकोले पनि यो भ्रमण हाम्रा लागि निकै महत्वपूर्ण थियो । मेरा लागि यो भ्रमण नितान्त पहिलो थियो किनकी यसभन्दा अगाडी मैले यसरी हाइड्रो पावरको भ्रमण गरेको थिइन् । हाइड्रो पावर र त्यसको प्रकृतिकोे बारेमा बुझ्न पाउँदा मन निकै प्रफुलित भएको थियो । उक्त हाइड्रो पावरको बारेमा त्यहाँका कर्मचारीले बताए । 

 

बि.स. २०२२ सालमा काभे्र जिल्लाको पनौतीमा बिजुली घर नामले यो हाइड्रो पावर रसियाको सहयोगमा निमार्ण गरिएको रहेछ । राजधानी देखि ३५ कि.मी. पूर्वमा रहेको हाइड्रो पावरको कुल क्षमता २४ सय किलो वाट रहेछ । यसलाई नेपालको तेस्रो हाइड्रो पावर पनि भनिदाेंरहेछ । यसले भक्तपुर सब–स्टेशन देखि साँगासम्म बिजुली प्रवाह गर्दोरहेछ ।अवलोकन पछि फर्किदा रेशम खेती विकास शाखामा पनि पस्ने मौका पायौं । त्यहाँको कर्मचारीले रेशम किराको बारेमा सबै जानकारी गराए र यसरी नै बित्यो हाम्रो पनौतीको यात्रा । 

 

श्रेया नेपाल
कक्षा-८ 'इ'
सैनिक आवासीय महा-बिधालय
सल्लाघारी,भक्तपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार