• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पोखराको तीन ठाउँमा शङ्कास्पद वस्तु फेला पर्यो

पोखरा । पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ ।

 

सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । 

 

ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । यसैबीच, नेत्रविक्रम चन्द९विप्लव० समूहद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ ।

 

सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेको छ । बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुुसार कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताइएको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार