• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

मेगा बैंकको एटीएम सेवा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा

काठमाडौं  । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ ।

 

बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । यस सहित बैंकको एटीएम संख्या ९९ पुगेको छ ।

 

हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार