• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

पेरूमा ८ म्याग्नेच्युडको भूकम्प

एजेन्सी । ल्याटिन अमेरिकी देश पेरुमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाका जिओलोजिक सर्भेलाई उद्धृत गर्दै आएको समाचारमा भूकम्प ८ म्याग्निच्युटको भएको बताइएको छ।

 

भूकम्पको धम्का इक्वेडर, कोलम्बिया, ब्राजिलमा समेत महसुश गरिएको छ। सर्भेले पहिले ७ दशमलव ५ म्याग्निच्युटका भूम्पक गएको भएको बताए पनि पछि त्यसलाई सच्चाउँदै ८ म्याग्निच्युटको भएको जनाएको छ।

 

भूकम्पका केन्द्रबिन्दु उत्तर क्षेत्रको राजधानी मोयोबाम्बाबाट १ सय ५ किलोमिटर पूर्वमा भएको बताइएको छ। भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन् ।

 

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार