• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो ‘कोपा डेल रे’ फुटबलको उपाधि

एजेन्सी । स्पेनिस ‘कोपा डेल रे’ फुटबल को उपाधि भ्यालेन्सियाले  जितेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले स्तब्ध बनाउदै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो । 

 

सेभियामा भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन केभिन गेमेरियो र रोड्रिगोले गोल गरे । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गोल गरेपनि हार टार्न सकेनन् । पराजयसँगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो ।

 

दुई गोलले पछि परेपछि बार्सिलोनाले भ्यालेन्सियालाई दवावमा राख्दै १ गोल फर्काउन सफल भएको थियो । तर, थप गोल निस्कन नसक्दा बार्सिलोना उपाधि जित्नबाट वञ्चित बन्यो । ७३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिएका थिए ।

 

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले कोपा डेल रे को फाइनलमा भ्यालेन्सियासँग पराजित हुँदै अर्को पीडा भोग्नु परेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार