• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

दलहरुको अकर्मण्यताकै कारण ४० लाख युवा बिदेशिन बाध्य : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने बताएका छन् ।

 

पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उदेश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन आग्रह समेत गरे । 

 

भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत ल्याएर सरकार बनाएको प्रसंग सुनाउँदै उनले मेहनत गरे आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न कसैले रोक्न नसक्ने ठोकुवा गरे । 

 

सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिला राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको बताए ।  

 

पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै देशव्यापी रुपमा पार्टीले सुरु गरेको संगठन सुदृढिकरण अभियानलाई तदारुपताका साथ अगाडि बढाउन आग्रह गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार