• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
राजनीति

दलित समुदायलाई समस्या परेमा संसदमा आवाज उठाउँछु : कांग्रेस नेता खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जातीय विभेद र छुवाछत अन्त्यका लागि दलित नेताहरूलाई राज्यको प्रमुख निकाय र अंगहरूमा ल्याउनुपर्ने बताए ।

 

नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत दलित संघ काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले दलित समुदायलाई समस्या परेमा संसदमा आवाज उठाउने बताए । दलितका समस्याहरूमा नेपाली कांग्रेस सधै सचेत रहेको उनको भनाई थियो । 

 

नेता खाँणले नेपाली कांग्रेसको बिक्रम संवत २००९ सालको कार्य समितिमै धनमानसिंह परियारलाई वीपी कोइरालाले आफ्नो महामन्त्री बनाएको इतिहास पनि सुनाए । ‘कदमजम’ को नीति नेपाली कांग्रेसले अगाडि सारेको उनले बताए ।

 

‘राज्य संचालक नेताहरूले आफ्नो दिमागमा जहिले पनि राख्न जरुरी छ’, खाँणले भने, ‘प्रजातान्त्रिक आन्दोलन सफल भएपछि पहिचानको मुद्दाहरूलाई सम्बोधन गर्न सबै राजनीतिक दलका नेताहरूले गम्भीरता पूर्वक सोँच्न जरुरी छ ।’

 

 

उनले भने, ‘यदि फेरि अर्को आन्दोलन भयो भने संविधान र लोकतन्त्र खतरामा पर्नेछ ।’ नेपाली कांग्रेसका नेता खाँणले वर्तमान कम्युनिस्ट सरकारलाई संविधानको गरिमा र त्यसले दिएको अधिकारलाई ध्यान दिन सुझाव दिए । ‘जागरण अभियानसंग नेपाल देशकै भविष्य जोडिएको छ’, उनले भने, ‘सबै नेपाली सम्मान हो, सबै नेपालीको साझा पार्टी हो नेपाली कांग्रेस ।

 

केपी ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको आरोप थियो । उनले फोरजी सञ्चालनमा ठूलो भ्रष्टाचार भएको बताए । ६ अर्बमा सञ्चालनमा ल्याएको फोरजीलाई १६ अर्ब पुर्‍याएर अनियमितता गरेको उनले बताए ।

 

‘वर्तमान कम्युनिस्ट सरकारले भ्रष्टाचार लाखमा नभइ करोडमा होइन अर्बमा गर्न थालेको छ’, उनले भने । विभेद र छुवाछुतको अन्त्य गर्न नेपाली कांग्रेसले दलित समुदायका नेतालाई मुलुकको मूल राजनीतिमा ल्याउन र राष्ट्र प्रमुख वा कार्यकारी बनाउन जरुरी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार