• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

प्रधानमन्त्री कप : प्रदेश ३ एपीएफसँग  ४१ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ । २ सय ८९ रनको  लक्ष्य पछ्याएको प्रदेश तीनले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनायो । प्रदेश ३ का उप कप्तान ज्ञानेन्द्र मल्लले १ सय १७ रनको शतकीय उत्कृष्ट इनिङ खेले  पनि खेल जित्न सकेनन् । मल्ले ४७ ओभरको पाँचौ बलमा अभिनाश बोहोरालाई चौका हान्दै १ सय २ बलमा शतक प्रहार गरेका थिए ।

 

यस्तै प्रदेश ३ का कप्तान पारस खड्काले ४६ रनको योगदान दिए। उनले ४५ बलमा ४ चौका र २ छक्का हिर्काए। ओपनर रित गौतमले २७ र उनका ओपनिङ पार्टनर जितेन्द्रसिंह ठकुरीले १२ रन जोडे भने सोनु देवकोटा १५ रनमा रनआउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। 

 

एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । एपीएफलाई बलियो योगफल सम्म पुर्याउन युवा खेलाडी सुमित महर्जनले ९४ रनको उत्कृष्ट इनिङ खेले । कप्तान पारस खड्काको ४० ओभरको अन्तिम बलमा दुई रन लिने क्रममा सोनु देवकोटाले रन आउट गराएपछि सुमित शतक बनाउन ६ रनले चुक्न पुगेका हुन् । रन आउट हुनु अघि उनले १ सय ३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे ।

 

यस्तै अंमर सिंह राउटेलाले १८ बलमा समान २ छक्का र चौका प्रहार गर्दै आक्रमक २७ रनमा अविजजित रहे । अभिनास बोहोरा ५ रनमा नट आउट रहे । पृथु बास्कोटा ५९ रनमा क्याच आउट भए । उनले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । २५ ओभरको चौथो बलमा नन्दन यादवको बलमा ठूलो शट खेल्ने धुनमा प्रदीप क्याच आउट हुन पुगे । शरद भेषवाकर १२,आशिफ शेख ७,शंकर राना १,सन्दीप जोरा ६ र भुवन कार्की १५ रनमा आउट भए ।

 

बलिङमा एपिएफका कमलसिंह ऐरीले ३ विके६ लिए। उनले १० ओभरमा ६४ रन दिए। अभिनास बोहराले २ विकेट लिए भने भुवन कार्की र कप्तान पृथु बाँस्कोटाको  नाममा १/१ विकेट रह्यो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार