• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

प्रधानमन्त्री कप : आर्मीको सानदार बिजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश दुई लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा प्रदेश नम्बर २ माथि १ सय ७१ रनको फराकिलो नतिजा निकाल्दै आर्मीले विजय सुरुआत गरेको हो । आर्मीको सुखद नतिजामा राजु र बिनोदले अर्धशतक बनाए।

 

२ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ३१ दशमलव ४ ओभरमा १ सय ७ रनमा अलआउट भएपछि आर्मीले सहज जित निकालेको हो । जितेन्द्र मुखियाले १० औं ओभरको चौथो बलमा राजेश पुलामी मगरबाट क्याच गराउनु अघि उनले २८ बलमा ४ चौका प्रहार गरे । त्यस्तै अर्का ओपनर सुधिर चौधरीले ५० बलमा १ चौका प्रहार गर्दै १५ रन बटुले ।ओपनर शाह र चौधरीले पहिलो विकेटको लागि ९.४ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए पनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हुन पुगेपछि प्रदेश २ ले फराकिलो हार ब्योहोनु परेको हो ।

 

प्रदेश दुईका लागि हरीशंकर साहले सर्वाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन् ।  सम्शाद शेखले  १६ रन बनाउँदा सुधिर चौधरीले १५,कन्चन कार्कीले ९, बिशाल सुलिङले ४, कप्तान मेहबुब अलामले ५ रनमात्र जोडे । आर्मीका शाहब आलमले ४ विकेट लिए । सुसन भारीले ३ ,जितेन्द्र मुखियाले २ तथा  कुशल मल्लको नाममा १ विकेट रह्यो । 

 

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । आर्मीका लागि ओपनर राजु रिजालले ९० रनको उत्कृष्ट पाली खेले । ३५ ओभरको अन्तिम बलमा हरि शंकर शाहले महबुब आलमबाट क्याच गराएपछि शतक बनाउन चुकेका रिजालले १ सय ९ बलमा ५ चौका र २ छक्का प्रहर गरे । त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ६१ बलमा ९ चौका सहित ६६ रनमा क्याच आउट भए ।

 

२२ औं ओभरको पहिलो बलमा साम्सद शेखले विकेटकीपर हासिम अन्सारीबाट भण्डारीलाई क्याच गराउनु अघि उनले राजुसँग १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । रोहित कुमार पौडेलले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । रोहितलाई ४९ ओभरको अन्तिम बलमा राशिद खानले साम्सद शेखबाट क्याच आउट गराए ।

 

कप्तान बिनोद भण्डारीले ६६ रन बनाए । ६१ बल खेलेका बिनोदले ९ चौका प्रहार गरे । रोहित पौडेलले ४७ रनको योगदान दिए । हरी चौहानले २६ रन बनाउँदा करण केसी ११ रनमा पभेलियन फर्किए । राजेश पुलामीमगरले ८, भिम सार्कीले ६, कुशल मल्लले ३ रन बनाए । सुसन भारी १२ रनमा अबिजित रहे । प्रदेश २ का लागि हरीशंकर शाहले ३ विकेट लिएका थिए । विवेक यादब,बिशाल सुलिङ र सम्शाद शेख र रासिख खानले १–१ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार