• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

‘मायाप्रेममा कति बग्यो बग्यो नि आँसु'

आँसु के हो ?
शरीरका अनेकौं अंगबाट तरल निःसृत हुन्छ । आँसु आँखाबाट निस्किने तरल वस्तु हो जुन विभिन्न अवस्थामा आँखामा निस्किन्छ र खस्छ । आँसु एउटा महत्वपूर्ण भावनाको तरलता पनि हो ।

 

पहिलो पटक आँसु आएको बेला ?
आँसु कहिले आयो पहिलो पटक भन्नु एक असम्भव विषय हो । बच्चा जन्मिने वित्तिकै पहिलो पटक ध्वनि र आँसु निस्किन्छन् । ध्वनि रुवाइ हो । 

 

आँसु आउँदा कस्तो महशुस हुन्छ ?
आँसु स्वतस्फूर्त आउँछ । महशुस हुनु भनेको विचार हो । आँसु सधैं विचारसँग जोडिंदैन । मलाई त आँसु आउँदा भित्र मनमा हलचल आउँछ । कि त मन फुटेको जस्तो, कि केही उदात्त र आल्हाद भएको जस्तो हुन्छ, आँसु आउँदा । 

 

के कुराले तपाईँलाई झर्झर आँसु आउँछ ?
त्यो म जान्दिन । कि त मन चिरिंदा कि आनन्द आउँदा कि चित्त दुख्दा आँसु आउँछ ।  

 

सबैभन्दा ज्यादा आँसु आएको समय ?
खै के भन्नु र । आमा जानुभएको दिन म धेरै रोएको थिएँ । अठार बर्षअघि । अनि चित्त दुखेका बेला अनि एकाध अवस्थामा कसैको दुःख देखेको बेला, मायामा चित्त दुखेको बेला । सबै कसैले भन्न सक्दैन ।

 

आँसु किन आउँछ ?
भनिसकें ।

 

आँसु आएको बेला कसले तपाईँलाई ढाढस दिन्छ ?
म बालक हुँदा आमाले दिनुहुन्थ्यो । पछि त आफ्ना नजिकको जो हुन्छ, उसैले दिन्छ । तर आँसु ढाढस खोज्नलाई बग्दैनन् । एकान्तको हलचल हो आँसु । महाकवि लक्ष्मीप्रसाद देवकोटा दुःख झेलेर बनारसमा बसेको बेला एक जनाले कविता लेखिदिनोस् न कवि जी भनेछ । कविले “आँसु” शीर्षकमा सरासर खण्डकाव्य नै बन्ने कविता लेखे जुन यसरी सुरु हुन्छ––“भैगो मलाई अब रmन देऊ, सुस्त भयो अब उरको सार” । त्यहाँ आँसुलाई ढाढस चाहिंदैन । आँसुको पनि भाष्य हुन्छ जुन सम्वेदना, सम्मान र मर्यादाले बुझ्नु पर्छ । 

 

आँसु र खुशीमा के फरक छ ?
खुसीमा पनि आँसु आउँछ । 

 

कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
यो त विज्ञलाई सोध्नुपर्छ, डाक्टरहरुले भन्न सक्छन् । 

 

मायाप्रेममा कतिपटक आँसु आयो ?
यस्तो पटक गन्ने कुरा सम्भव छैन आँसुको वहावमा । मायाप्रेममा कति बग्यो बग्यो नि आँसु । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार