• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

राष्ट्रपतिलाई संसदीय मर्यादामा बस्न कांग्रेस नेता खाँणको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रपतिलाई संसदीय मर्यादामा बस्न आग्रह गरेका छन् । 

 

जागरण कार्यक्रमअन्तर्गत नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकमा दुई-दुई पटक महिला राष्ट्रपति हुनु गर्वको विषय भएको बताउँदै संवैधानिक दायरमा रहन आग्रह गरेका हुन् । 

 

जनता नै शक्तिको मुल श्रोत भएकोले जनतामाझ पार्टीको नीति कार्यक्रम लैजान जरुरी भएको उल्लेख गर्दै उनले भने, 'महिला संघ त्यो शक्ति हो जसले घरघरमा नीति कार्यक्रम लैजान सक्नुहुन्छ ।'

 

इतिहास निर्माण र लोकतन्त्र स्थापनाको लागि महिलाहरुको अहम भूमिका रहेको उनले बताए । उनले भने, 'अब लोकतान्त्रिक व्यवस्थालाई रक्षा गर्न घर घरमा चेतना ल्याउन नेपाल महिला संघको प्रमुख दायित्व रहेको छ ।'

 

संविधानमा भएको महिला सहभागिताको प्रावधान नेपाली कांग्रेसले पार्टीको विधानमै राखेको दाबी गरे । उनले भने, 'तर नेकपामा महिलाहरुलाई अझै समेट्‍न सकेको छैन । नेपाली कांग्रेस ५०५ महिला सहभागी गराउने चाहना छ । महिला दिदिबहिनीहरुले आफ्नो क्षमता वृद्धि गर्न जरुरी छ ।' 

 

पुरुषको भन्दा महिलामा अध्धयन इच्छा शक्ति धेरै हुनाले सबै महिला दिदीबहिनीलाइ आग्रह गर्छु अर्कोपाली नेपाली कांग्रेसकै महिला राष्ट्रपति होस भन्ने मेरो चाहना छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार