• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

पाँचथर हत्याकाण्डको खुलासा चाँडै बाहिर आउँछ : मन्त्री आङ्बो

पाँचथर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन् ।

 

उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक आएका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताए ।

 

बालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उनले बताए । उनले भने, “घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रुपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ ।” घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

 

मङ्गलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको हात भाँचिएको छ । सीताको स्वास्थ्य अवस्था बुझ्न मन्त्री आङ्बोसँगै नेकपाका नेता योगेश भट्टराई अस्पताल पुगेका थिए । उनले अस्पतालका निर्देशक डा मुक्ति भट्टराईसँग बालिकाको अवस्थाबारे जानकारी लिएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार