• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

दैलेखको पातल खोलामा मिनी ट्रक खस्यो, ३ जनाको मृत्यु

काठमाडौं । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर १ पातल खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

 

दैलेखबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको  प्रहरीले  बताएको छ । ट्रक पूर्णरुपमा जलेको र दुर्घटनाको कारण बारे खुलेको छैन ।

 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार