• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

'भोला हङकङमा के गर्दै होला' 

काठमाडौं । रंगकर्मी भोलाराज सापकोटा यतीबेला हङकङमा रमाइरहेका छन् । उनी चलचित्र ‘च च हुई’ का लागी चलचित्रको युनिटसँग हङकङ पुगेका हुन । साम्तेन भुटियाको निर्देशित चलचित्र ‘च च हुई’ को हङकङमा छायांकन भईरहेको छ । एक साताको सेड्युल बनाएर गत शुक्रबार चलचित्रका  युनिट हङकङमा प्रस्थान गरेका थिए ।

 

‘च च हुई’ को लागि आर्यन सिग्देल, माओत्से गुरुङ र भोलाराज सापकोटा सँगै छायाँकार सुशन प्रजापति, निर्देशक भुटिया, निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् । 

 

नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका  रमणीय स्थानमा चलचित्रको छायांकन भइरहेको छ । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायांकन भइरहेको छ । चलचित्रमा पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ल लगायत कलाकारको पनि अभिनय रहेको छ । 

 

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो । ‘च च हुई’ लाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार