• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
खेलकुद

आजदेखि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखी काठमाडौंमा सुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आज प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन खेल काठमाडौंको कीर्तिपुर मैदानमा हुनेछ ।

 

कीर्तिपूर क्रिकेट मैदान टियूमा त्रिभुवन आर्मी क्लव र प्रदेश २ बीच उद्धघाटन खेल हुने हुने छ । खेल विहान ९ बजेपछि सुरु हुने छ । त्यस्तै आज मुलपानी मैदानमा हुने भनिएको प्रदेश १ र नेपाल पुलिसबीचको खेल नहुने भएको छ । मैदान पूर्ण रुपमा तयार नहुँदा जेठ १२ गतेबाट पछि मात्र मुलपानीमा खेल हुने आयोजकले जनाएको छ ।

 

आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसअघि मुलपानी क्रिकेट मैदानमा उद्घाटन गर्ने बताए पनि अन्तिम समयमा आएर आयोजनास्थल परिवर्तन गरेको छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता छ । समुह ए मा एपीएफ,प्रदेश ५,प्रदेश ३,सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी,नेपाल पुलिस,प्रदेश २,प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

 

राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल जेठ २२ र २३ गते हुनेछ भने  २५ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार